ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो छैन: महासचिव पोखरेल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक १

कोहलपुर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन्।

बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मिनबहादुर गुरूङसँग १० रोपनी १४ आना जग्गा सहयोग चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताए। ‘उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो।’ महासचिव पोखरेलले भने, ‘हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ।’

मिनहादुर गुरूङसँग जग्गा सहयोग लिंदा कुनै अदृश्य सम्झौता नगरेको दावी गर्दै महासचिव पोखरेलले गुरूङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लगेको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताए।

एमालेलेलाई कमजोर बनाउन चाहने तत्त्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *