|
२०८२ भाद्र २९
२९ भदौ, काठमाडौं ।सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले आगामी नोभेम्बर १५–२२ मा काठमाडौंको टुडिखेलमा आयोजना गर्न लागेको काभा महिला नेसन्स लिग स्थगित गर्ने निर्णय गरेको छ। नेपालमा उत्पन्न पछिल्लो विषम परिस्थितिका कारण प्रतियोगिता स्थगित गरिएको हो।
काभाले नेपाल भलिबल संघको नेतृत्व र समर्पणको प्रशंसा गर्दै अवस्था सामान्य भएपछि प्रतियोगिता यथासक्य चाँडै गरिने जनाएको छ। भलिबल संघका अनुसार अधिकांश देशले टिम पठाउन अस्वीकार गरेपछि प्रतियोगिता आयोजना चुनौतीपूर्ण बनेको हो।
यसअघि भदौ २३ मा भएको जेनजी आन्दोलनपछि पोखरामा सञ्चालनमा रहेको एभरेष्ट महिला लिग पनि स्थगित गरिएको थियो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्