×

नेपालमा पहिलो पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने

जेष्ठ १३, २०८१ | दाक्सु मिडिया सम्वाददाता

नेपाल भलिबल संघ र केडिया ग्रुप बिच फ्रेन्चाइज लिगका लागि सम्झौता भएको छ । आइतबार काठमाडौमा एक कार्यक्रमका बिच संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र केडिया ग्रुपका प्रबन्ध निर्देशज विमल कुमार केडियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
संघ र केडिया ग्रुपबीच लिग संचालनको लागी ७ वर्षको सम्झौता गरिएको छ । लिग सम्पन्न गर्न लाग्ने सम्पुर्ण खर्च केडिया ग्रुपले व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख गरिएको छ । खर्च संगै भलिबल संघलाई वार्षिक ३५ लाख रुपैयाँ उपलब्ध गराउने केडिया ग्रुपको भनाई छ ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले लिगकाे पहिलाे संस्करण आगामी माघ-फागुन महिनामा गर्ने लक्ष्य रहेको बताए । लिगकाे पहिलाे संस्करण राजधानीमा आयोजना गरिने सम्झौतामा समावेश गरिएको छ । साथै भविष्यमा होम एण्ड अवेको आधारमा अन्य शहरहरुमा समेत खेलाइने संघको लक्ष्य रहेको छ ।
भलिबल कभर्डहलको आवस्यक रहेको चर्चा गर्दै आगामी आर्थिक वर्षमा भलिवलका लागि कभर्डहल बनाउन सबै मिलेर पहल गर्नुपर्ने केडिया ग्रुपका प्रवन्ध निर्देशक विमल कुमार केडियाले उल्लेख गर्नु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: