काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफ्नो वृद्ध आमाबाबु बसेको घरमा गरिएको आक्रमणप्रति गम्भीर असन्तोष व्यक्त गर्दै रिस पोख्नेहरूसँग कडा संदेश दिएका छन्।
चितवनस्थित आफ्नो गाउँको घरमा भएको आक्रमणको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै उनले बताए, “यो मेरो गाउँको घर हो। गभर्नर भएपछि पनि म हरेक हप्ता बाआमासँग खाना खान पुग्ने गर्थेँ।” गभर्नर पौडेलका अनुसार, उनका ८२ वर्षीया आमा कान कम सुन्ने र मुटुको अपरेसन गरिएको अवस्थामा रहन्छन् भने ८७ वर्षीया बुवा पनि वृद्धावस्थामा छन्। “६७ वर्ष अघि चितवन झरेका बाआमा र उनका सबै सन्तान यही गाउँमा जन्मेका हुन्,” उनले भने।
गभर्नर पौडेलले थपे, “म जीवनभर कसैसँग एक रुपैयाँ पनि नलिएको छु। मेरो परिवारको ठूलो सफलता हो कि मेरा दाइ विदेशमा प्राध्यापक छन् र म नेपालमै रहेर शिक्षण पेशामा छु। मेरो विद्यार्थी जीवनमै १५ वर्ष पहिले यो घर बनाइएको हो।”
उनले स्पष्ट पार्दै भने, “मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी, मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोखिने साथीहरूको फलोस् फुलोस्।”
यो घटनाले गभर्नर पौडेलको पारिवारिक जीवनमाथि परेको असर मात्र नभई वृद्ध अभिभावकप्रतिको असम्मानको विषयलाई पनि उजागर गरेको छ। उनले यस घटनालाई तत्काल नियन्त्रणमा ल्याइ न्याय सुनिश्चित गर्न सबै सरोकारवालासँग आग्रह गरेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्