|
२०८२ भाद्र २६
काठमाडौं – अन्तरिम सरकारको नेतृत्वबारे राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेना र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुँदैछ।
जेनजीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरिसकेको र आजको छलफलले त्यसलाई औपचारिकता दिने तयारी छ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए। त्यसपछि जेनजीको माग अनुसार अन्तरिम सरकारको प्रक्रिया अघि बढाइएको हो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्