सिंहदरबारको कोठा-कोठामा आगो दन्कियाे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २४

काठमाडौं । प्रदर्शनकारीले सिंहदरबारको मुख्य भवनमा समेत आगजनी गरेका छन् । सिंहदरबारको कोठा-कोठामा आगो दन्किरहेको छ ।

सिंहदरबार राणाकालीन ऐतिहासिक सम्पदा हो । यो मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत छन् ।सिंहदरबारका चारवटै गेटमा सुरक्षाकर्मी थिएनन् । त्यसैले प्रदर्शनकारीहरु सजिलै सिंहदरबार प्रवेश गरेका थिए ।

नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अहिले पूर्णरुपमा प्रदर्शनकारीको कब्जामा छ । सिंहदरबारको पश्चिमतर्फ रहेको मूल गेटमा चढेर प्रदर्शनकारीले राष्ट्रिय झण्डा फहराएका छन् ।

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा ईस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । त्यतिबेला १ हजार ७०० वटा कोठाहरू रहेको यो भवन त्यस बेलाको एसियाभरिकै सबैभन्दा ठूलो दरबार थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *