संसदीय रणनीति बलियो बनाउन एमालेको विशेष प्रशिक्षण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३

काठमाडौं । नेकपा एमालेले संसदमा आफ्ना सांसदको भूमिका थप प्रभावकारी बनाउन आइतबार विशेष अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सांसदको संसदीय जिम्मेवारी र भूमिकाबारे निर्देशन दिनेछन्। पूर्व संसद सचिव हर्कराज राईले संसदको कार्यप्रणाली, अधिकार र संसदीय समितिहरूको जिम्मेवारीबारे जानकारी गराउने कार्यक्रम छ।

यस्तै, महासचिव शंकर पोखरेलले पार्टी नीति, संसदीय अनुशासन तथा सांसदले निर्वाह गर्नुपर्ने दायित्वबारे प्रशिक्षण दिनेछन्। साथै, विषयगत विभागसँग समन्वय गरी सांसदलाई आवश्यक परामर्श उपलब्ध गराउने व्यवस्था पनि तयार गरिने एमालेले जनाएको छ।

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका एमाले सांसदसँगै पार्टीका विभागीय प्रमुख तथा विषयविज्ञहरू पनि सहभागी हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *