|
२०८३ श्रावण ३
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस, एमाले र नेकपाबीच प्रदेश सरकार गठन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन्।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभामा प्रभावकारी प्रतिपक्ष कमजोर हुने र त्यसले लोकतान्त्रिक अभ्यासलाई असर गर्ने बताए।
उनले विगतमा चुनावी गठबन्धन एक दलसँग र सरकार अर्कोसँग बनाउँदा कांग्रेसले राजनीतिक रूपमा ठूलो क्षति बेहोरेको उल्लेख गर्दै अब जनादेशअनुसारको राजनीति आवश्यक रहेको धारणा राखे।
थापाले सत्ता प्राप्तिलाई मात्र लक्ष्य बनाउने प्रवृत्तिले नेपाली राजनीतिमा अस्थिरता बढाएको भन्दै कांग्रेसले अब आफ्नो सोच र कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्