|
२०८२ भाद्र १६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको नीति राष्ट्रको नीति बनाउने सकेमात्र पार्टी निर्णायक शक्ति बन्ने बताए ।
एमाले पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले लेखेको ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तकको आज यहाँ पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा विमोचन गर्दै उनले पार्टीलाई निर्णायक शक्ति बनाउन हरेक तहका सरकारको नेतृत्व पार्टीले गर्नुपर्ने अवस्था निर्माण गरिनुपर्ने बताए ।
महासचिव पोखरेलले भने,’त्यो भनेको हरेक तहका कार्यकारी सरकारको नेतृत्व गर्ने सामर्थ्य निर्माण गर्नु हो । जब एमालेको नीतिलाई राष्ट्रको नीति बनाउने सामर्थ्य निर्माण हुन्छ, तब एमाले निर्णायक शक्ति बन्दछ । यसका पार्टीलाई बलियो बनाउन लाग्नुको विकल्प छैन ।’


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्