दुई दिन सार्वजनिक बिदा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १४

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

नेपाल सरकारले भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते गौरा पर्वको बिदा दिएपछि यो प्रदेशमा दुई दिन सार्वजनिक बिदा कायम भएको हो । नेपाल सरकारले गौरा पर्वमा दिएको बिदा बाहेक थप एक दिन भदौ १६ गते गौरा पर्वको बिदा रहेको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ ।

यस प्रदेशमा बिहीबारदेखि गौरा पर्व मनाइँदै छ । पर्वको मुख्य दिन अठ्वाली–दुर्वाष्टमीको अवसर पारेर नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । गौरा पर्व मनाउनेलाई सो दिन बिदा हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *