पानीको विषयमा विवाद हुँदा किर्गिस्तान–ताजिकिस्तान सीमा क्षेत्रमा ३१ जनाको मृत्यु, १५० घाइतेको

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १८

काठमाडौं । किर्गिस्तान–ताजिकिस्तानको सीमा क्षेत्रमा भएको झडपमा ३१ जनाले ज्यान गुमाएका छन् भने १५० जना घाइते भएका छन् ।

पानीको विषयमा विवाद सुरु हुँदा त्यसले हिंसाको रुप लिएको र सो क्षेत्रबाट दस हजार जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको बीबीसीले जनाएको छ ।

सीमा क्षेत्रमा रहेको पानीको एक स्रोत नजिक सेक्युरिटी क्यामरा जडान गरेर दुवै पक्ष पछि हटेतापनि सो क्षेत्रमा पटक–पटक गोली चलेको आवाज सुनिन्थ्यो ।

किर्गिस्तानका स्वास्थ्यमन्त्री अजिला सोल्नबिकोवाले टेलिभिजन सम्बोधनको क्रममा गत विहीबार भएको झडपमा परी ३१ जनाको मृत्यु भएको र १५० जना घाइते भएको जानकारी दिएका हुन् ।

ताजिकिस्तानतर्फ भने कति जनाको मृत्यु भयो भन्ने विवरण आएको छैन । सामाजिक सन्जालहरुमा सेयर गरिएको भिडियोमा किर्गिस्तानको बाटकनस्थित विवादित सीमा क्षेत्रका धेरै घरहरु आगोमा जलिरहेको देखिन्छ । सो क्षेत्रमा एक सीमा चौकी, २० भन्दा धेरै घर, एक स्कुल, आठवटा पसल र क्यासिनो जलेको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *