|
२०७८ चैत्र २३

२३ चैत, धादिङ – स्थानिय निकायको टिकटका विषयलाई लिएर कांग्रसभित्र धादिङ्गको खनियाँबास गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ्गमाथि आक्रमण भएको छ । पार्टीकै अर्को समुहको आक्रमणमा परेका तामाङ्ग गम्भिर घाइते भएका छन् । घाइते तामाङ्गका अनुसार उनीमाथि राजु पाख्रिनको समुहले आक्रमण गरेको हो ।
‘उहाँले पेस्तोल पड्काएपछि समस्या शुरु भयो । टिकटकै विषयमा विवाद भएको हो,’ रणबहादुरले भने,‘मलाई हल्का चोट लागेको छ । मैले घटनाबारे प्रहरीलाई पनि खबर गरेको छु ।’
घटनाबारे कांग्रेस नेता तथा खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले दिएको बयान अनुसार पाख्रिन समुहले वडाध्यक्षको टिकटको विषयमा विवाद भएपछि पस्तोल पड्काएको थियो । पेस्तोल प्रयोग भएको विषयलाई लिएर दुई समुह बिच झगडा हुँदा तामाङ घाइते भएका हुन् ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्