काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाडा अटो शो–२०२५’ सफलता साथ सम्पन्न भएको छ। भदौ ३ गतेदेखि सुरु भएको शोमा १ लाख ६० हजारभन्दा बढीले अवलोकन गरेका छन्।
समापन कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अटोमोबाइल क्षेत्र देशको अर्थतन्त्रको मजबुत खम्बा भएको बताए। उनले उत्पादनमुखी नीति आवश्यक रहेको र कानुनी अडचन हटाउन सरकार तत्पर रहेको उल्लेख गरे।
नाडा अध्यक्ष करण चौधरीले यो संस्करणलाई ऐतिहासिक शो भन्दै आगामी अटो शोलाई अझ विशेष बनाउने प्रतिबद्धता जनाए। शोमा युनिट्री रोबोटिक्सको प्रविधि र डिपलको उड्ने कार प्रमुख आकर्षण बने।
करीब ३ लाख वर्गफुट क्षेत्रमा फैलिएको यो अटो शोमा १९ वटा चारपाङ्ग्रे, १३ व्यावसायिक, ४ दुईपाङ्ग्रे सवारीका ब्रान्ड तथा ३५ वटा अन्य स्टलहरू सहभागि थिए। गाडी बुकिङ अपेक्षा अनुसार बढी भएको व्यवसायीहरू बताउँछन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्