महालक्ष्मी विकास बैंकले पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार १५

काठमाडौं, असार १५ – महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा पहिलो पटक पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। अब बैंकका ग्राहकहरूले ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एपमार्फत फोन पे क्यूआर मर्चेन्ट तथा अनलाइन भुक्तानी सहजै गर्न सक्नेछन्।

भौतिक कार्ड झैं यस डिजिटल कार्डमा पनि ४५ दिनसम्मको ब्याजरहित सुविधा र लचिलो किस्ताबन्दीको सुविधा उपलब्ध छ। कार्ड बोकेर हिँड्नुपर्ने झन्झट नहुनुका साथै बैंकले भर्चुअल कार्ड प्रयोगकर्तालाई रु. ५०० सम्म क्यासब्याकको अफर पनि उपलब्ध गराएको छ।

डिजिटल नवप्रवर्तनमा अग्रणी महालक्ष्मी विकास बैंक यो सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको छ। बैंकले भविष्यमा डिजिटल सेवालाई थप सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *