सोलुखुम्बु प्रवेशमा कडाई पूर्ण निगरानी गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १४

सोलुखुम्बु : सोलुखुम्बु र ओखलढुंगाको सिमानाका क्षेत्र पत्ताले प्रवेशद्धारमा कडाई पूर्ण निगरानी गरिने भएको छ । जिल्ला प्रवेश गर्ने मुख्य नाका पत्ताले भएका कारण स्वास्थ्य क्षेत्रमा समस्या उत्पन्न हुन सक्ने भएकाले आवगनमा कडाई गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जानकारी दिनुभयो । 

सिमानाका क्षेत्रमा हुने संभावित जोखिम तथा अपराधिक क्रियाकलापको निगरानी गर्नका लागि तत्काल सिसी क्यामेरा समेत जडान गरिने पनि उहाँले बताउनुभयो।

जिल्लाको स्वास्थ्य सुरक्षामा ध्यान दिदै प्रवेशद्धार पत्तालेमा ज्वरो जाँच सहित मास्क लगाए नलगाएको निरीक्षण गरिने कार्य सोमबार देखि सूचारु गरिएको हो। यदि संकास्पद बिरामी भेटिएमा उनीहरुको व्यवस्थापनका लागि होल्डिङ सेन्टर समेत स्थापना गर्ने विषयमा स्थानीय तह संगको आवश्यक छलफल पछि काम अघि बढाउने बताइएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले कोरोनाको जोखीम बढ्दै गर्दा सिमानाका क्षेत्रमा हेल्थ डेक्स निर्माण गर्ने, मास्क प्रयोगलाई अनिवार्य गर्ने, प्रहरी निगरानीलाई अझ बढी कडाई का साथ अगाडी बढाउने लगायतका रणनीति रहेको जानकारी दिनुभयो । जिल्लामा अनाआवश्यक भिडभाड तथा हाटबजार नलगाउन यस अघिनै सूचित गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *