२४ जेठ। राउटे बस्तीमा गैरराउटे कुनै पनि व्यक्तिलाई प्रवेश गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले रोक लगाएको छ ।
केही समय अघि देखि राउटे बस्तीमा असुरक्षा बढेका कारण बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरीको निगरानी राखिएको छ ।
राउटे युवतीमाथि भएको यौन दुव्यर्वहारको घटनापछि बस्ती सिल गरिएको छ । बस्तीमा थप घटना हुन नदिन बस्ती सिलनै गर्नु परेको जनाइएको छ ।
कुनै पनि व्यक्तिलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ । राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया