सोलुखुम्बुमा एक पुरुषको हत्या, हत्या आरोपमा एक जना युवा पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ १६

सोलुखुुम्बु । सोलुखुम्बुमा एक व्यक्तिको हत्या भएको छ । बाँसको भाटाले हानेर महाकुलुङ गाउँपालिका–२ चंखिदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राईको हत्या भएको हो ।

राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान पक्राउ गरेको छ । रघुले आफ्नै घरमा प्रेम कुमारलाई बिहीबार राति बाँसको भाटा र लाठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि महाकुलुङ आधारभूत अस्पताल बुङ लगिएको थियो । उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।मृत्युको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *