फाइनल प्रवेशका गर्न संकटा र मच्छिन्द्र भिड्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ १४

काठमाडौं। सभापति कप फुटबल प्रतियोगितामा सोमबार संकटा क्लब र मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिने छन्।

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा जारी प्रतियोगितामा संकटाले उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। 

सोही लय कायम राख्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा संकटा रहेको छ। उता मच्छिन्द्रले आफ्नो पहिलो खेलमा विभागीय क्लब एपीएफमाथि १–० को कठिन जित दर्ता गरेको थियो।

बराबरीतर्फ उन्मुख खेलमा पेनाल्टीको तयारीस्वरूप गोलकिपर पनि परिवर्तन गरेको अवस्थामा मच्छिन्द्रका सनिश श्रेष्ठले निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनलमा प्रवेश गराएका थिए।  संकटा र मच्छिन्द्र दुवैको खेल उत्कृष्ट हुने अपेक्षा गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *