सर्लाहीबाट महाकुम्भ स्नानका लागि गएकी महिलाको बाटोमै मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ १३

सर्लाही : सर्लाहीबाट भारतको महाकुम्भ मेलामा गएकी एक महिलाको बाटैमा मृत्यु भएको छ। कविलासी नगरपालिका- २ पिपरियाकी ७५ वर्षीया वैदेहीदेवी ठाकुरको शुक्रबार मलंगवास्थित नेपाल भारत सीमा नजिकै पुग्दा मृत्यु भएको हो।

वैदेहीदेवी नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरकी आमा हुन्। उनी गाउँका अन्य मानिससँग रिजर्भ बसमा भारतको महाकुम्भ स्नानका लागि गएकी थिइन्।

मलंगवास्थित नेपाल–भारत सीमा नजिक पुगेपछि अचानक अचेत भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *