श्रीमानले पेट्रोल छर्किएर आगो लगाएकी महिलाको उपचारको क्रममा मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ६

उदयपुर : श्रीमानले पेट्रोल छर्किएर शरीरमा आगो लगाएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

घरायसी विवादमा असोज २२ गते उदयपुरको बेलका नगरपालिका–८ डुडखोलाकी ४० वर्षीया पूर्णकुमारी राईलाई ४८ वर्षीय  श्रीमान दानबहादुर राईले पेट्रोल छर्किएर शरीरमा आगो लगाइ दिएका थिए । आगोले जलेर गम्भीर घाइते भएकी पूर्णकुमारीको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयकाका प्रहरी निरीक्षक सुमन बाँनियाले बताए ।

उनका अनुसार घटनामा संम्लग्न श्रीमानलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिइ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएको छ । मृतकको शव सोमबार पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *