मुख्य ४ दलका प्रमुख सचेतकहरू छलफलमा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ ४

काठमाडौँ : मुख्य दलका प्रमुख सचेतकहरुको छलफल नेकपा एमालेको संसदीय दलको कार्यालयमा चलेको छ। शुक्ररबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतकहरु छलफलमा जुटेका हुन्।

एमाले मुख्य सचेतक महेश बर्तौलाले संसदीय काम कारबाहीका सम्बन्धमा छलफल गर्न मुख्य दलका प्रमुख सचेतकहरु एकै ठाउँमा आएको बताएका छन्। छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका मुख्य सचेतक बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार उपस्थित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *