बिहीबार ४ सय ९० कोरोना संक्रमित थपिए, ५ को मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २

काठमाडौं– बिहीबार नेपालमा कोरोनाभाइरसका ४ सय ९० जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको हो।

पछिल्लो २४ घण्टामा १ सय ५७ डिस्चार्ज भएका छन्। अहिलेसम्म २ लाख ७४ हजार ६ सय ४ संक्रमित निको भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा ५ जनाको मुत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ रहेको छ ।

अहिलेसम्म २३ लाख २९ हजार ५ सय ४७ को पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । ४ हजार ३ सय ८४ जना आइसोलेशनमा रहेका छन् भने ६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *