|
२०८१ श्रावण १
काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।
भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । परराष्ट्रमन्त्री डा राणाले सोमबार पद तथा गोपनियताको सपथसँगै पदबहाली गरेकी हुन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध विषयमा छलफल भएको छ । त्यसक्रममा नेपाल-भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा राणाको सचिवालयले जनाएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्