यूएनद्वारा सञ्चालित विद्यालयमा इजरायलको आक्रमण, २२ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १

काठमाडौँ : मध्य गाजामा यूएनद्वारा सञ्चालित एक विद्यालयमा इजरायली सेनाले आक्रमण गर्दा कम्तिमा २२ जनाको मृत्यु भएको छ। आक्रमणमा एक सयभन्दा बढी घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार विद्यालयमा हतियारसहितका कुनैपनि व्यक्ति नरहेको र मृत्यु हुनेमा बालबालिका पनि रहेका छन्। पछिल्लो ८ दिनमा इजरायलले विद्यालय र विद्यालय वरपरका क्याम्पमा आक्रमण गर्दा १४१ जनाभन्दा बढी प्यालेस्टिनी नागिरक मारिएका छन्। ४ सयभन्दा बढी घाइते भएका छन्।

बीबीसीका अनुसार हमास स्वास्थ्य मन्त्रालयले विद्यालयमा युद्धका कारण विस्थापित भएर आएका नागरिकहरू बस्दै आएको बताएको छ। तर, इजरायली सेनाले नुसरत रिफ्यूजी क्याम्पमा रहेको अबु ओरेबेन विद्यालयमा हमासका लडाकुहरूले आफ्नो गतिविधि सञ्चालन गर्दै आएकाले आक्रमण गरेको दाबी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *