|
२०८१ असार २३
काठमाडौं : चियो मौसम भएको मुलुक रुसमा अत्यधिक गर्मी हुँदा गर्मी छल्ने क्रममा डुबेर ४९ जनाको मुत्यु भएको छ । गर्मी छल्न चिसिने क्रममा यस्तो मृत्यु भएको हो । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार ४९ मृतकहरूमा ७ जना बालबालिकाहरू छन् ।
डुबाइनका घटनाहरू भने २४ घण्टामा ६५ भएको बताइएको छ । रुसमा तापक्रम ३५ डिग्रीसम्म पुगेको छ । रुसी राजधानी मस्कोमा १०७ वर्षयताकै सबैभन्दा धेरै तापक्रम भएको डिडब्लूले उल्लेख गरेको छ । रुसको भोल्गा, आइबा आदि नदीहरुमा यस्ता घटना घटेका हुन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्