पहिरोले तम्घास-रिडी सडक अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २२

गुल्मी : अविरल वर्षासँगै गएको पहिरोले गुल्मीको रिडी तम्घास सडक अवरुद्ध भएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका-४ बिरबासस्थित रिडि-तम्घास सडकखण्ड (मदन भण्डारी राजमार्ग ) ढुङ्गा माटोसहितको पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

अवरुद्ध बाटोबारे जानकारी र खुलाउन जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमान्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।

रिडी तम्घास सडक गुल्मी सदरमुकाम आउने मुख्य सडक हो । यो सडकमा अहिले स्तरोन्नतिसहित निर्माण कार्य हुँदै आएको छ । सडक निर्माणकार्य भइरहेकाले सवारी साधनहरुले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *