काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको शान र इज्जत बढ्नेगरी काम गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन्।
नेपाल वायुसेवा निगमको ६६ औं वार्षिकोत्सव समारोहलाई सोमवार सम्बोधन गर्दै उनले नेपाल वायुसेवा निगमले राष्ट्रको शान र इज्जत बढाउनका निमित्त आजसम्म काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिन आग्रह गरे।
उनले पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखापरेका समस्यालाई मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन, अवलोकन गर्ने काम भइरहेको पनि बताए। बाहिर आएका सबै कुराहरु सत्य नहुने भन्दै मन्त्री तामाङले सरकारको संस्थामाथि प्रश्न उठिसकेपछि अभिभावकत्व ग्रहण गरेर त्यसको छानबिनमा मन्त्रालय गम्भीर भएर लागेको बताए।
मन्त्री तामाङले आफ्नो मातहतको कुनैपनि निकायमा समस्याहरु भए मन्त्रालय नियमन र छानबिनको दायरामा ल्याउन सचेत रुपबाट लागेको बताए।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
उनले भने, ‘मन्त्रालय आफ्नो मातहतको कुनैपनि निकायमा समस्याहरु छन्, भन्ने हिसावले प्रश्न उठिसकेपछि गम्भीर हुन्छ, सचेत ढंगले हल गर्ने पहल र प्रयत्न गरिन्छ। कुनैपनि हिसावले यसको अभिभावकत्व ग्रहण गर्ने निकाय भएकाले यसको सबै समस्या कुन तरिकाबाट निराकरण गर्न सकिन्छ, छलफल, अरु उपाय अपनाउन अध्ययन गरिन्छ।’
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्