तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १४

भोजपुर : भोजपुरको राउते खोला पक्की पुल निर्माण भएको छ। टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो।

‘राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो।

पुल बनेसँगै स्थानीयलाई सहज भएको छ’, उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भने। राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ। पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताए।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *