खेतमा काम गरिरहेका २ जनाको चट्याङ लागेर मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
असार ११, २०८१

झापा : मंगलबार बिहान झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षीय राजन खड्का र गौरीगन्ज गाउँपालिका-८ का ४२ वर्षीय विकास गिरी रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए।

यसैगरी गौरीगन्ज गाउँपालिका-३ का सीताराम दाहालको खेतमा काम गर्दै गर्दा स्थानीय विकास गरीको पनि चट्याङले मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले उनको घटनास्थलमै मृत्यु भएको चन्दले जानकारी दिए।

मंगलबार बिहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *