काठमाडौँ : जनता समाजवादी पर्टी (जसपा) नेपालको प्रवास विशेष प्रदेश समितिले आङकाजी शेर्पा विरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
जसपाको प्रवास विशेष प्रदेशका संयोजक डा. कृष्णकुमार राई र ललितपुर जिल्ला अध्यक्ष कर्म महर्जनले बुधवार शेर्पाविरुद्ध प्रहरीसमक्ष उजुरी दिएका हुन् ।
प्रवास विशेष समिति र बालकुमारीस्थित जिल्ला पार्टी कार्यालयबाट कागजात र फर्निचर लगेको आरोपमा शेर्पा र उनको समूहलाई प्रहरी प्रभाग कार्यालय ललितपुरमा उजुरी दिइएको छ ।
जेठ २९ गते आफूहरू पार्टी महाधिवेशनका क्रममा जनकपुरमा व्यस्त रहेका बेला उनीहरू आएर फर्निचरसहित कागजातहरू उठाएर लगेको संयोजक राईले उजुरीमा उल्लेख गरेका छन् ।
महाधिवेशनको बेला पार्टीको सम्पत्ति गायब पारेको भन्दै खोजतलासका लागि प्रहरीमा उजुरी दिइएको उनले बताए।
यसअघि जसपा नेपालमा रहेका शेर्पा अहिले अशोक राईले विभाजन गरेर बनाएको जसपा गएका छन् । उनी त्यसबेला प्रवास कमिटीका संयोजक थिए ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्