जसपा नेपालद्वारा पार्टीविरुद्ध सामाजिक सञ्जालमा लेख्न र बोल्न रोक

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन ८

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)नेपालले सामाजिक सञ्जालका साथै सञ्चारमाध्यममा पार्टीविरुद्ध लेख्न तथा बोल्न रोक लगाएको छ । पार्टीका कार्यकारिणी समितिको बैठकपछि महासचिव लालबाबु राउतले जारी गरेको परिपत्रमा पार्टी वा पार्टीसँग आबद्ध सङ्गठनका पदाधिकारी एवं सदस्यहरूले पार्टी हितलाई आघात पुग्ने गरी फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल वा सार्वजनिक सञ्चारमाध्यमका लेख्न र बोल्न रोक लगाइएको उल्लेख छ ।

परिपत्रमा भनिएको छ, ‘पार्टी वा पार्टीसँग आबद्ध सङ्गठनका पदाधिकारी एवं सदस्यहरूद्वारा पार्टी हितलाई आघात पुग्नेगरी वा पार्टी अनुशासन एवं आचारसंहिता विपरीत फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल वा सार्वजनिक सञ्चार माध्यममा लेख्ने, बोल्ने वा पार्टीहीत विपरीत कार्य गर्नेलाई मातहतका पार्टी समितिले पार्टी विधान बमोजिम कारबाही गर्ने निर्णय गरियो ।’ यसअघि समेत अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *