दुधकोशी आधारभूत विद्यालय बुम्बुरीमा बौद्ध शिक्षा पठनपाठन सुरु हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८० फाल्गुन २८

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका १ दुधकोशी आधारभूत विद्यालय बुम्बुरीमा बौद्ध शिक्षा पठनपाठन सुरु हुने भएको छ।
मुभिङ माउन्टेन ट्रस्ट नेपालकोको प्रायोजनमा हुने उक्त कार्यक्रम विद्यालयका सबै बिद्यार्थीले सिक्न पाउने भएका छन। बुद्धले अपनाएका सिकाएका हरेक ज्ञान् सीप र शिक्षा सबैले सिक्न अनिवार्य रहेको भन्दै विद्यालयमा बौद्ध शिक्षा सुरु गर्न लागिएको मुभिङ माउन्टेन ट्रस्ट नेपालकोको संयोजक आङछोङ्पा शेर्पा उल्लेख गर्नु भयो।
गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको प्रमुख आतिथ्यमा आज सम्पन्न कार्यक्रममा उपाध्यक्ष गौरव राई, वडा नम्बर १ का अध्यक्ष सज्जन राई, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थित रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *