माप्य दुधकोशी गाउँपालिकाको शिक्षा समितिको बैठक सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८० मंसिर ११

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकाको शिक्षा समितिको बैठक सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष बुद्धि किरण राईको अध्यक्षतामा सम्पन्न भएको बैठकमा, उपाध्यक्ष गौरव राई, निमित्त प्राशासकिय अधिकृत जितेन्द्र कुमार यादव, शिक्षा साखा अधिकृत गजेन्द्र भट्टराई तथा शिक्षा समितिका सदस्यहरुको उपस्थितिमा आज साझ गाउँपालिकाको कार्यलय खास्तापमा सम्पन्न भएको हो।
बैठकमा पौष १३,१४ र १५ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने, सवै बिद्यालयमा मेरो रोजाई मेरो सिकाई कार्यक्रम तत्काल संचालन गराउने विभिन्न नमुना विद्यालयमा प्रधानाध्यापक जनप्रतिनिधिहरु लाई क्षमता अभिवृद्धि शैक्षिक भ्रमण गराउने समितिले निर्णय गरेको छ ।
पालिका भित्रका विद्यार्थीहरु शिक्षा बाट बन्चित नहुन एक देखि पाँच कक्षा सम्माका विद्यार्थीलाई कापी तथा शैक्षिक सामाग्री उपलब्ध गराउने बाल बिबाह न्युनिकरणका लागि विद्यालय तथा किशोर किशोरी लक्ष्यित कार्यक्रम संचालन गर्ने गाउँपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *