सुन प्रकरणबारे बोल्दै ओलीले भने, ‘गृहमन्त्रीले काँक्रा आफू खाएर बियाँ अरूका गालामा टाँस्ने चेष्टा गर्दैछन्’

DaksuMedia दाक्सु मिडिया
|
२०८० श्रावण ९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा अरुलाई दोष लगाएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ उम्किन खाजेको आरोप लगाएका छन् ।

कम्बोडियाबाट सोमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै काँक्रा आफू खाएर बियाँ अरूका गालामा टाँस्ने चेष्टा भइरहेको बताएका हुन् ।

‘मान्छेहरू फ्रस्टेड किन हुन्छन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ आफू, उहाँले यहाँ सेक्युरिटीको बन्दोवस्त गरेको छ कि छैन? विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन? यहाँको आउने जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइनः,’ उनले प्रश्न गर्दै भने, ‘अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री अनि कोटको गालामा र टारको गालामा गएर क्राँक्राको बियाँ, अर्काकै गालामा, मुखैको छेऊमा लगेर टास्ने?।’

गृहमन्त्रीको क्रियाकलाप अत्यन्तै गैरजिम्मेवार रहेको बताउँदै नेता ओलीले गृहमन्त्रीले केहि दिनअघि ‘कोट’ र ‘टार’को जहाँ भए पनि दोषी कसैलाई नछाड्नेबारे दिएको अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार भएको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *