शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष घुससहित पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १६

रूपन्देही शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। 

अख्तियार दुरूपयोग अनुसनधान आयोगले बिहीबार उनीहरू ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भर पक्राउ परेका हुन्।

उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि मरासिनी र यादवले सेवाग्राहीसँग ५० हजार घुस माग गरेका थिए।

उक्त सूचना अख्तियारले पाएपछि बुटवलबाट खटिएको टोलीले तीन जनालाई घुस लिइसकेको अवस्थामा गाउँ कार्यपालिकाको कार्यालयबाट पक्राउ गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *