×

डेढ लाख घुससहित कर अधिकृत अख्तियारको फन्दामा

फाल्गुन २७, २०७७ | दाक्सु मिडिया

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत एकजना विचौलियासँगै घुस रकमसहित पक्राउ परेका छन् ।
कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ ।

स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ दुबै जना पक्राउ परेका हुन् । दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारका अधिकारीहरुको भनाइ छ ।

पक्राउ परेका दुबै जनाबिरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: