माप्यदुधकोशि गाउँपालिकाको आ.ब.०७९/०८० को ३७ करोड आर्थिक बजेट बिनियोजन

DaksuMedia दाक्सु मिडिया
|
२०७९ असार १०


माप्यादुधकोशि गाउँपालिकाको आर्थिक बर्ष ०७९/०८० को ३७ करोड ८६ लाख ५३ हजार आर्थिक बिनियोजन भएको छ ।
आज गाउँपालिकाको सभा हलमा भएको एक कार्यक्रम सहित उक्त बजेट बिनियोजन सार्बजनिक गरेको हो ।
आर्थिक बर्ष २०७९/०८० को बजेट समानिकरण अनुदान तथा राजस्व अनुमानमा सङघ समानिकरण अनुदानमा रु ११,४०,००,०००, प्रदेश समानिकरण अनुदान ६२,११,०००, प्रदेश राजस्व कर २०,१९,०००, सङ्घ राजस्व बाडफाट ७,३५,००,०००, पर्बतारोहण रोयल्टी ३५,००,०००, गा.पा को आन्तरिक श्रोत राजस्व ४,००,०००, मालपोत कार्यलय राजस्व ५,००,००० र सशर्त अनुदान चालु १५,२६,००,०००, सशर्त अनुदान पुजिगत ५२,००,०००, बिशेष अनुदान पुजिगत ७०,००,०००, प्रदेश सशर्त अनुदान १,२३,०००, प्रदेश समपुरक अनुदान १,००,००,००० रहेको उक्त बजेटमा कुल ३७ करोड , ८३ लाख, ५३ हजार बिनियोजन भएको जानकारि गाउँ कार्यपालिकाको कार्यलयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *