लघु चलचित्र निर्माणसम्बन्धि कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २१

२१ चैत्र, काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा संघ नेपालले आयोजना गरेको लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई आज सोमबार सम्बोधन गर्दैछन् । 

चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा अपराह्न ४ बजे ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् । 

युवा संघले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको र आज ग्राण्ड फिनाले भएकाले अध्यक्ष ओलीले सम्बोधन गर्ने भएको संघका सचिवालय सदस्य दुष्यान्त दाहालले बताए । 

उनका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *