सेयर बजारमा भारी गिरावट : नेप्से ४३ अंकले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १६

सेयर बजारमा भारी गिरावट आएको छ । उक्त दिन बजार ४३.१० अंकले घटेको छ ।

सोमबार बजार परिसुचक घटेर २६१०.६० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु राताम्मे बनेका छन् ।

उक्त दिन कारोबार रकम भने झिनो बढोत्तरी आएको छ । आज ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । सोमबार तेह्रथुम पावर र सामलिङ पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

आज तेह्रथुम पावरको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ७८ रुपैयाँ ८० पैसाले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ७०९ रुपैयाँ २० पैसा कायम भएको छ ।

यस्तै, सामलिङ पावरको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता ७९ रुपैयाँले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ७११ रुपैयाँ कायम भएको छ ।

सोमबार दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ८.५५ प्रतिशत अर्थात प्रतिकित्ता ३० रुपैयाँले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ३२१ रुपैयाँ कायम भएको छ ।

उक्त दिन मैलुङ खेला जलविद्युत कम्पनीको सेयर मूल्य ६.७८ प्रतिशत, न्यादी हाइड्रोपावरको ६.६७ प्रतिशत, घलेम्दी हाइड्रोको ६.४२, शिवश्रीको ६.३९ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ६.०१ प्रतिशतले घटेको छ ।

यी कम्पनीहरुसहित आज युनाईटेड इदी मर्दी आरवि हाइड्रोपावर, लिवर्टी इनर्जी, रुरु जलविद्युत परियोजना लगायतका लगानीर्ताहरुले उच्च दरमा गुमाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *