पोखरामा भेलमा बगेर आमाछोरीको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १३

कास्की — पोखरामा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–१७ हर्कचोकमा भएको घटनामा पोखरा–३० ढुङ्गेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको हो। दुवैलाई स्थानीय र प्रहरीले उद्धार गरी गण्डकी मेडिकल कलेज पुर्‍याएका थिए। उपचारका क्रममा सुष्माको शुक्रबार राति र छोरी रानीकाको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

सुष्माका श्रीमान् कमल दाहाल स्कुटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए। हर्कचोकमा सडकमा भेल बढेपछि स्कुटर रोक्ने क्रममा छोरीलाई भेलले बगाएर नालीमा पुर्‍याएको थियो। छोरीलाई बचाउन खोज्दा आमा पनि भेलमा परेकी थिइन्।

तीव्र गतिमा आएको भेलले दुवैलाई करिब दुई किलोमिटर तल बिरौटासम्म बगाएको थियो। कमलले सहयोगका लागि हारगुहार गरेपछि स्थानीय र प्रहरी उद्धारमा खटिएका थिए। उनीहरूलाई बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *