काठमाडौं, भदौ ६ — मनसुनी गतिविधि सक्रिय रहेसँगै शनिबार देशका अधिकांश भूभागमा मौसम बदली रहने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
दिउँसो विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ। यस्तै बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
केही प्रदेशका पहाडी क्षेत्रमा भने छोटो समयमै ठूलो पानी पर्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली कायम रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रसहित कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका हिमाली भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
लगातार वर्षा हुने क्षेत्रमा सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले यात्रा गर्दा मौसमको अवस्था बुझेर अघि बढ्न मौसमविद्हरूले सुझाव दिएका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्