वर्षाको पानी थुनिएर जलमग्न भयो काठमाडौंका सडक

DaksuMedia दाक्सु मिडिया
|
२०७९ जेष्ठ १२

१२ जेठ, काठमाडौं । बिहीबार साँझ काठमाडौंमा भएको वर्षाले सडक जलमग्न भएको छ । वर्षाको पानीले सहज निकास नपाउँदा सडकमै जमेको छ । सडक किनारामा रहेका ढलहरु फोहोरले टालिएका कारण पनि पानी जमेको हो ।

सडक जलमग्न हुँदा सवारी साधन चालक र पैदल यात्री समस्यामा परेका थिए । सडकमा जमेको पानी ठूला गाडीको पांग्राले छ्याप्दा मोटरसाइकल चालक र पैदलयात्रीहरु  भिजेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *