|
२०८२ पुष १८
काठमाण्डौँ । वैदेशिक रोजगारीमा जानको लागि भिसा आवेदनमा पेस गरेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको स्ट्याम्प नक्कल गरी प्रमाणीकरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका ६ डेरा गरी बस्ने बुढीगंगा नगरपालिका ५ घर भएका ३३ वर्षीय पृथ्वी बहादुर थापा र काठमाडौं कीर्तिपुर नगरपालिका ९ स्थित फोटो स्टुडियो सञ्चालन गरी बस्ने पाल्पा रिब्दीकोट गाउँपालिका ८ घर भएका २७ वर्षीय सन्तोष पौडेलल रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्