काठमाण्डौँ । वैदेशिक रोजगारीमा युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने नुवाकोटको म्यागङ गाउँपालिका(१ घर भएका ५४ वर्षीय न्याउरे तामाङ र काठमाडौं महानगरपालिका-३० बस्ने ताप्लेजुङको सिदिङ्वा गाउँपालिका- ६ घर भएका ३५ वर्षीय जीवन कडरिया रहेका छन् ।
पक्राउ मध्ये न्याउरेले युएई पठाइदिन्छु भन्दै २ जना पीडितबाट २ लाख ६९ हजार रुपैयाँ र जिवनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख २० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले न्याउरेलाई टोखा नगरपालिका ३ बाट र दीपकलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्