|
२०८३ असार ९
काठमाडौँ : मनसुनी प्रणाली सक्रिय रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ।
तराईका केही क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने बताइएको छ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा तातो लहरको प्रभाव कायम रहने सम्भावना रहेको छ।
रातिको समयमा समेत पूर्वी तथा मध्य पहाडी क्षेत्रमा वर्षाको क्रम जारी रहन सक्ने मौसम पूर्वानुमानकर्ताहरूले जनाएका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्