देशभर मिश्रित मौसम, केही क्षेत्रमा हल्का वर्षा जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ८

काठमाडौँ, असार ८ — नेपालका विभिन्न भू–भागमा आज मौसमको अवस्था मिश्रित रहेको छ। पश्चिमी, स्थानीय तथा मनसुनी वायुको संयुक्त प्रभावका कारण पहाडी र हिमाली क्षेत्रमा बादल लागेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम अपेक्षाकृत खुला रहेको छ।

मौसमविद्का अनुसार कोशी प्रदेशमा मनसुनी प्रणाली सक्रिय रहँदा केही स्थानमा वर्षाको सम्भावना रहेको छ। यस्तै, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा हल्का वर्षा भइरहेको छ।

मधेस र बागमतीका तराई क्षेत्र आंशिक बदलीमा रहेका छन् भने लुम्बिनी र कर्णालीका तराई भू–भागमा मौसम सामान्यतया सफा देखिएको छ। मौसममा आउने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *