आज गाईतिहार, विधिपूर्वक पूजा गरी मनाइँदै

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २३, २०८३

काठमाडौं । तिहारको चौथो दिन आज देशभर गाईको पूजा आराधना गरी गाईतिहार मनाइँदैछ । बिहानैदेखि गाईलाई माला र टीका लगाएर मिठा परिकार खुवाउने परम्परा छ ।

हिन्दू धर्ममा गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । दूध, दही, घिउ, गोबर र गहुँत धार्मिक तथा सांस्कृतिक कार्यमा प्रयोग हुने भएकाले गाईको विशेष महत्व रहेको मानिन्छ ।

धार्मिक विश्वासअनुसार आज गाईको पूजा गर्दा पुण्य प्राप्त हुने तथा मृत्युपछि वैतरणी नदी पार गर्न गाईले सहयोग गर्ने मान्यता रहिआएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *