पुजारीको गोली हानी हत्या

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

सप्तरी, सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७३ वर्षीय पुजारी रामदुलार साहको आइतबार बिहान हत्या भएको छ। अज्ञात समूहले बिहान २ बजे उनलाई गोली प्रहार गरी हत्या गरेको मृतकका आफन्त रामसुन्दर साहले जानकारी दिएका छन्।

साह मन्दिरनजिकै कुटीमा एक्लै बस्दै आएका थिए। अज्ञात समूहले उनलाई सडकमा लगेर पिठ्युमा गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटना लगत्तै स्थानीयले नजिकैको काचनली प्रहरी चौकीमा खबर गरेका थिए। तत्पश्चात जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेका छन्। शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि कडा चेकजाँच सुरु गरिएको छ। घटनाको अनुसन्धान तीव्र गतिमा अगाडि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *