|
२०८२ कार्तिक १
काठमाडौं — आज देशभर पानी वा हिउँ पर्ने कुनै सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबार बिहान ६ बजे सार्वजनिक गरेको २४ घण्टाको बुलेटिन अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
मौसमविद्हरूका अनुसार आज दिउँसो देशका सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभाग मुख्यतया सफा रहनेछ। राति भने देशभर मौसम मुख्यतया सफा रहने जनाइएको छ।
महाशाखाका अनुसार भोलि आइतबार बिहान ६ बजेसम्म मौसम यस्तै रहने अनुमान गरिएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्