आजाको मौसम यस्तो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २८

काठमाडौं — देशभर सक्रिय मनसुन प्रणालीका कारण आज विभिन्न स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय रहेकोले देशभर मौसम बदली रहनेछ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागका केही स्थान र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

त्यसैगरी, आज राति पनि देशभर सामान्य बदली रहनेछ। रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि मौसमविद्हरूले बताएका छन्।

महाशाखाले लगातार वर्षाका कारण पहिरो, बाढी तथा सडक यातायातमा अवरोध आउन सक्ने भन्दै सतर्क रहन सबैलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *